काठमाडौं– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरुलाई राहात वितरण गरेको छ।
बुधबार गोदावरी नगरपालिकाको समन्वय तथा स्थानीय युवाहरुको सक्रियतामा सञ्चालित फुड बैंकमार्फत खेलाडी संघले २०० जना मजदुरहरुलाई खाद्यान्न वितरण गरेको हो। कोरोना भाइरसको कारण लगातार भएको लकडाउन त्यसपछिको निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गइरहेको बेला सहयोग गरेको खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।
संघले २०० जनालाई २ केजी चामल, १ केजी दाल, नून, मस्यौंरा, तेल, साबुनलगायतका सामग्री वितरण गरेको हो।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि गत भदौ ३ गतेदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा जारी भएको थियो। तर भदौ १० गते पुनः ७ दिनका लागि लम्ब्याउने निर्णय गरेसँगै निषेधाज्ञा १७ गते रातिसम्म लागू भएको थियो। कोरोना भाइरसको जोखिम झनै बढ्दै गएपछि फेरि एक साता निषेधाज्ञा थप गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।