काठमाडौं- रौतहटको माधवनारायण नगरपालिका-२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुई जना अभियुक्तलाई पक्राउ गरेको छ। बुधाबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरू रामनरेश राउत पटेल र बालकृष्ण पटेल रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरु बोधिमाई नगरपालिका-७ बडकी बंकुल क्षेत्रबाट बुधबार बिहान १० बजे पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
६५ वर्षीय साहको भदौ ३ गते राति करिब ९ बजे हुनमान मन्दिर परिसरमै गोली हानी हत्या गरिएको थियो। कन्चनटमा गोली हानेर हत्या भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले घटनाको सुरुवाती अनुसन्धान गरेको थियो।
घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरेर अनुन्धान गरेपनि हत्यारा पत्ता लाग्न सकेका थिएनन्। त्यसपछि प्रदेश २ प्रहरी कार्यालयले एसएसपी यज्ञविनोद पोखरेललाई अनुसन्धानमा खटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।