• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पहिरो पीडितको पीडा : ‘टहराको बास र थापेको गाँसमा चल्दै छ सास’ 

64x64
रासस बुधबार, भदौ १७, २०७७  १३:२२
1140x725

म्याग्दी–पहिरोले घरखेत लगेपछि म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका बासिन्दाको बिचल्ली भएको छ । उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता बासको छ । ‘टहरोको बास र थापेको गासमा चल्दै छ सास’,, ४७ वर्षीया चनमति लामगाडेले भनिन्, ‘अब कहाँ बस्ने, के खाने थाहा छैन।’ 

 ‘गत असार २५ गतेको रातलाई सम्झँदा पनि मन भक्कानिन्छ, कसैले नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ,’ त्यो राति आएको पहिरोमा चार सन्तान गुमाएकी चनमतिले भनिन्, ‘चार सन्तानको सास त दैवले चुड्यो, बाँकी बचेका चार जनाको टहरेको बास र थापेको गासमा चल्दै छ सास।’ 

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले बाढीपहिरो पीडितलाई पठाएको सहयोग रकम बुझ्न आइतबार मराङको बेसीमा आएकी चनमतिले ५० हजार सहयोग रकम बुझेपछि भनिन्, ‘त्यो रात सम्झँदा मुटु भक्कानिन्छ, रिङ्गटा लाग्छ, मर्छुजस्तै हुन्छ तर श्रीमानको मुख हेर्न जसोतसो बाचुँजस्तो लाग्छ हजुर।’

चनमतिका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्। घरमा रहेका २६ वर्षीया बुहारी सपना लामगाडे, सात वर्षीय नाति आशिस, चार वर्षीय आयुष तथा तीन वर्षीया नातिनी आयुषालाई पहिरोमा गुमाउनु भएकी चनमति अझै सम्हालिन सकिरहेकी छैनन्।

गत असार २५ गतेको मध्यरात। आकाशबाट मुसलधारे पानी पर्न थाल्यो। गोठमा बाँधेका गाईवस्तु कराउन थाले। मस्त निद्राबाट बिउँझेकी चनमति गोठमा पुग्दा माथिबाट आएको पहिरोले गोठ भत्किएको थियो। दाम्लो फुकाएर गाईवस्तुलाई गोठबाट उत्तरतर्फको सुरक्षित स्थानमा लैजादै गर्दा पहिरो घरमाथि नै आइपुग्यो। मध्यरातको अध्यारोमा हेर्दाहेर्दै पहिरोले घर पुर्‍यो। घरभित्र रहेका चार सदस्य पुरिए। यो सबै यति छिटो भयो कि चनमतिले केही सोच्नै भ्याइनन्। 

धवलागिरि गाउँपालिका-६ मराङमा उक्त राति आएको पहिरोले चनमति परिवारका चार सदस्यसँर्ग सोही गाउँका १९ जनाले ज्यान गुमाएका थिए। पहिरोमा परि १२ जना घाइते र दुई जना अझै वेपत्ता छन्। एकै घरका चार जना सदस्य पहिरोमा परेर ज्यान गुमाएकी चनमतिमात्रै होइन, गाउँकै अर्की राजमति सिर्पाली पनि छन्। 

उनको परिवारका चार जना सदस्यले पनि पहिरोमा परि ज्यान गुमाएका छन्। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको छ भने गाउँमा बस्ने अवस्था छैन। विस्थापितले सुरक्षित स्थानमा पुनर्वासको माग गरेका छन्। पहिरो गएको ५२ दिन वितिसक्दा पनि मराङका पहिरो पीडितका लागि पुर्नवासको उचित प्रवन्ध हुन सकेको छैन। चनमतिलगायतका कतिपय पहिरो पीडित पालमा रात कटाउन बाध्य छन्। खानका लागि विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरे पनि बस्ने वासस्थानको अभावमा उनीहरुले असुरक्षित महशुस गरिरहेका छन् । 

‘पहिरो पीडितका लागि एकीकृत पुनर्वासको व्यवस्था गर्ने कि अलग–अलग ठाउँमा राख्ने भन्ने कुरामा नै अन्योल देखिएको छ’, सो वडाका अध्यक्ष राजाराम सुवेदीले भने, ‘कतिपय पहिरो पीडितको घडेरीसमेत नभएकाले एकीकृत पुनर्वासको अवधारण ल्याइए पनि त्यसको कार्यान्वयनमा समस्या देखिएको छ।’

Ncell 2
Ncell 2

उनका अनुसार कतिपयले आफ्नै घडेरीमा बस्न चाहेकाले समस्या आएको छ। घडेरी नभएकाका लागि उचित स्थानको खोजी भैरहेको छ । 

त्यसैगरी सोही पहिरोमा २४ वर्षीय छोरा मनबहादुर, २३ वर्षीया बुहारी कमला, सात वर्षीया नातिनी सुरक्षा र दुई वर्षीय नाति सुरज गरी चार सन्तान गुमाएकी ४६ वर्षीया राजमति सिर्पाली अहिले पहिरोमा घाइते भएकी माइली बुहारीको उपचारका लागि पोखरामा छिन्। राजमतिको गाउँमा फर्किने अवस्था नै नरहेको स्थानीयवासीको भनाइ छ। 

पहिरोले घर र खेतबारी सबै पुरिएपछि अहिले उनी पोखरामा नै बस्ने गरेको वडाध्यक्ष सुवेदीले बताए। पहिरोमा परी मृत्यु भएका अन्य ११ जना परिवारको अवस्था पनि दयनीय छ। कसैले बुबा गुमाएका छन् भने कसैले छोरा÷बुहारी र नाति÷नातिनी। कैयौं परिवार विस्थापित भएका छन्। पूर्ण क्षति भएका ७२ घर परिवार अस्थायी टहरो, आफन्त वा सार्वजनिक स्थानमा बस्न बाध्य भएका छन्। 

जोखिमपूर्ण यात्रा : पाइला–पाइलामा खतरा 
पहिरोका कारण विमको तल्लो बेसीदेखि मराङको बेसी गाउँ पुग्ने सडकमा क्षति पुगेको छ। ठाउँ–ठाउँमा आएको पहिरोले ज्यान नै हत्केलामा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको पहिरो पीडितको भनाइ छ। ‘ज्यान नै हत्केलामा राखेर पाइला पाइलामा जोखिम मोल्दै यात्रा गर्नुपर्ने अवस्था रहेछ’ मराङका पहिरो पीडितलाई रु नौ लाख ३० हजार सहयोग रकम प्रदान गर्दै म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णवहादुर पुनले भने, ‘हामी एक दिन आउनेलाई त यस्तो सास्ती छ, सधैंभरि ओहोरदोहोर गरिरहनु पर्ने तपाइँहरुलाई कति समस्या होला।’ 

वडाध्यक्ष सुवेदीले बाटो मर्मतका लागि सानो रकमले नपुग्ने भन्दै यसका लागि प्रदेश सरकारसँग अनुरोध गरिएको बताए। ‘हाम्रो बजेटले सम्भव नै छैन, प्रदेश र संघीय सरकारले ध्यान दिन आवश्यक छ’, उनले भने। रासस

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुद... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
रमेश लेखकले आज आयोगमा बयान दिने सोमबार, पुस १४, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम सोमबार, पुस १४, २०८२
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्