एजेन्सी–भारतमा २४ घण्टामा ७८ हजारभन्दा बढी संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयको आज बिहानको तथ्यांकअनुसार २४ घण्टामा ७८ हजार ३ सय ५७ संक्रमित थपिएका हुन्।
यसैगरी २४ घण्टामा १ हजार ४५ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा संक्रमितको संख्या ३७ लाख ६९ लाख ५ सय २४ पुगेको छ, जसमा ८ लाख १ हजार २ सय ८२ सक्रिय संक्रमित छन्।
हालसम्म २९ लाख १ हजार ९ जना निको भएका छन् भने ६६ हजार ३ सय ३३ जनाको मृत्यु भइसकेको छ।
भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। यहाँ संक्रमितको संख्या ७ लाख ९२ हजार ५ सय ४१ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।