काठमाडौं-सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञ भनिएका विजयप्रकाश मिश्रलाई बयानका लागि बोलाएको छ। अख्तियारले ७ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना प्रकाशिन गरेको हो।
'सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड रूपैयाँ कमिसनका लागि मोलमोलाइ गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलामा तपाईँसग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ,' अख्तियारको सूचनामा भनिएको छ, 'यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुनबमोजिम भइ जानेछ।'
यही घुस मोलमोलाइको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा विज्ञ भन्दै सार्वजनिक लेखा समितिमा समेत गइ मिश्रलगायतले आफ्नो धारणा राख्ने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।