एजेन्सी–अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६० लाख ७१ हजार ९ सय ७१ पुगेको हो। हाल विश्वभर संक्रमितको संख्या २ करोड ५६ लाख ५ हजार ५ सय ३३ पुगेको छ भने ८ लाख ५३ हजार २ सय ९० जनाको मृत्यु भएको छ। कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या भने १ करोड ६९ लाख ६९ हजार ४ सय ६ छ।
यस्तै, ब्राजिलमा संक्रमितको संख्या ३९ लाख ८ हजार २ सय ७२ पुगेको छ भने त्यहाँ १ लाख २१ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ।
भारतमा ३६ लाख ९१ हजार १ सय ६६ संक्रमित र ६५ हजार २ सय ८८ को मृत्यु, रुसमा ९ लाख ९७ हजार ७१ संक्रमित र १७ हजार २ सय ५० को मृत्यु, पेरुमा ६ लाख ५२ हजार ३७ संक्रमित र २८ हजार ९ सय ४४ को मृत्यु, दक्षिण अफ्रिकामा ६ लाख २८ हजार २ सय ५९ संक्रमित र १४ हजार २ सय ६३ को मृत्यु, कोलम्बियामा ६ लाख १४ हजार ६ सय ६९ संक्रमित र १९ हजार ६ सय ४० को मृत्यु तथा मेक्सिकोमा ५ लाख ९९ हजार ५ सय ६० संक्रमित र ६४ हजार ४ सय १४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।