काठमाडौं- कास्की प्रहरीले विभिन्न स्थानमा लुकीछिपी आएका २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कास्की जिल्ला अदालत तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरूमा कैद र जरिवाना तोकिएका तर हालसम्म फरार रहेका २८ प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई पक्राउ गरी अदालतमा पेश गरिसकिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला स्याङ्जा कोल्मा स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद सजाय र ५० जरिवाना तोकी हाल सम्म फरार रहेका २१ वर्षीय अनिल थापा मगर रहेका छन्।
यसैगरी जिल्ला कास्की पोखरा महानगरपालिका- १० बस्ने बैंकिङ कसुर मुद्दामा ७ दिन कैद सजाय र ९ लाख ४० हजार रूपैयाँ जरिवाना तोकी हालसम्म फरार रहेका ५३ वर्षीय धिरज गुरुङ रहेका छन्।
त्यस्तै केही सार्वजनिक अपराध मुद्दामा ३५० देखि ५ हजार रूपैयाँसम्म जरिवाना तोकी फरार रहेका कास्की जिल्ला अन्तर्गत विभिन्न स्थान बस्ने २६ जना प्रतिवादीहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।