काठमाडौं- मनसुनी न्यून चापीय क्षेत्र मध्य र पश्चिमी क्षेत्र नजिक विकसित भएकाले तीन दिनसम्म भारी वर्षाको सम्भावना धेरै हुने प्रक्षेपण गरिएको छ।
मंगलबार राती पूर्वी क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ भने बुधबार, बिहीबार शुक्रबार पश्चिमी क्षेत्रमा बढी देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए।
मंगलबार राती प्रदेश एक, दुई, बाग्मती, गण्डकी र प्रदेश पाँचका अधिकाश क्षेत्रमा भारी वर्षाको अनुमान गरिएको छ। तर, कर्णाली र सुदूरपश्चिम क्षेत्रका एक/दुई स्थानमा मात्रै भारी वर्षाको आँकलन गरिएको छ। महाशाखाले ५० मिलिमिटरभन्दा धेरै वर्षा भएकोलाई भारी वर्षाको रुपमा मापन गर्दै आएको छ।
यस्तो छ मनसुनको अवस्था
भाद्र १७ गते (बुधबार)
दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक र दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भाद्र १८ गते (बिहीबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक र दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।