सिन्धुपाल्चोक- जुगल गाउँपालिका वडा नम्बर २ लिदी पहिरोमा बेपत्ता भएका १७ वर्षीय किशोरको शव मंगलबार फेला परेको छ। जुगल-३ बाट लिदीमा मामाघर गएका १७ वर्षीय सुवास तामाङको शव १८ दिनपछि भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
योसँगै साउन ३० गते बिहान ५ बजे लिदीमा गएको भीषण पहिरोमा परी पुरिएका ३७ जनाको शव भेटिएको छ। लिदी पहिरोमा ३९ जना बेपत्ता भएका थिए।
अहिलेसम्म ३७ जनाको शव भेटिएको र बाँकी दुईको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी, प्रहरी, सेना र स्थानीय खटिरहेका छन्।
लिदीमा पहिरो गएको दुई हप्ता बढी भइसकेको छ। पहिरोले १० घर पूर्ण रूपमा क्षति भएको थियो भने लामा गाउँ विस्थापित भएको थियो। उनीहरु अहिले अस्थायी रूपमा बासखर्कमा बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।