काठमाडौं– नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वखेलाडी जितबहादुर केसीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
आइतबार गरिएको कोरोना परिक्षणमा पूर्वओलम्पियन खेलाडी जितबहादुरको रिपोर्ट पोजेटिभ आएको हो। पदाधिकारी, खेलाडी तथा शुभचिन्तकले अहिले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
६९ वर्षीय जितबहादुर एथ्लेटिक्सका त्यस्ता खेलाडी हुन्‚ जसले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाए। उनले सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन च्याम्पियनसिपको म्याराथनमा कास्य पदक जितेका थिए।
सन् १९७८ मा थाइल्यान्डको बैंककमा सम्पन्न आठौं एसियन गेम्सबाट सन्यास लिँदै उनले आफ्नो खेलाडी जीवनबाट बिदा भएका थिए। खेलाडी जीवनबाट बिट मारेपछि उनी प्रशिक्षकको रुपमा देखा परे। २०६६ सालमा राखेपको एथ्लेटिक्स प्रशिक्षकबाट पनि उनले अवकास पाए। त्यसपछि उनी राखेपको करारमा प्रशिक्षक रहँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।