काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ६ घण्टा इलाम, झापा, सुनसरी, मोरङ जिल्लामा भारी वर्षा भएको जनाएको छ। वर्षाका कारण मेची, निदा, बिरिङ, मावा, नुना, बुढीखोला तथा कन्काई नदीको तल्लो तटीय क्षेत्र र अन्य साना खोलामा आकस्मिक बाढी आउने तथा होचा स्थानमा डुबान हुन सक्ने भएकाले बिहान १० बजेसम्म सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
यस्तै, गएराति पनि कास्कीको पोखरा, एयरपोर्ट आसपासका क्षेत्रमा पछिल्लो भारी बर्षा भएको थियो।
हाल देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १ र गण्डकी प्रदेशका एकरदुइ स्थानहरुमा भारी वर्षा भईरहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।