एजेन्सी-कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुने मुलुकको सूचीमा भारत तेस्रो बनेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार भारतले मेक्सिकोेलाई समेत पछाडि पार्दै तेस्रो मुलुक बनेको हो। अब भारतभन्दा अगाडि अमेरिका र ब्राजिलमात्र छन्।
अमेरिकामा १ लाख ८३ हजार ४ सय ९९ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख २० हजार ८ सय २८ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा ६४ हजार ४ सय ६९ जनाको र मेक्सिकोमा ६४ हजार १ सय ५८ जनाको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ हाल सक्रिय संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ७५ रहेको छ भने २७ लाख ७४ हजार ८ सय १ जना निको भइसकेका छ्। सोमबार २४ घण्टामा ९ सय ७१ जनाका मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।