एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ५३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ५३ लाख ४९ हजार ५ सय २८ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट ८ लाख ४८ हजार ३ सय ९४ जनाको मृत्यु भइसकेको छ भने १ करोड ६७ लाख ३ हजार ९ सय ११ जना निको भएका छन्।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६० लाख २७ हजार १ सय ११ पुगेको छ भने १ लाख ८३ हजार ४ सय ९९ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ३८ लाख ६२ हजार ३ सय ११ संक्रमित र १ लाख २० हजार ८ सय २८ को मृत्यु, भारतमा ३६ लाख २१ हजार २ सय ४५ संक्रमित र ६४ लाख ४ सय ६९ को मृत्यु र रुसमा ९ लाख ९२ हजार ४ सय २ जना संक्रमित र १७ हजार १ सय २८ जनाको मृत्यु भएको छ।
यस्तै, पेरुमा ६ लाख ४७ हजार १ सय ६६ संक्रमित र २८ हजार ७ सय ८८ को मृत्यु, दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ संक्रमित र १४ हजार १ सय ४९ को मृत्यु, कोलम्बियामा ६ लाख ७ हजार ९ सय ४ संक्रमित र १९ हजार ३ सय ६३ को मृत्यु तथा मेक्सिकोमा ५ लाख ९५ हजार ८ सय ४१ संक्रमित र ६४ हजार १ सय ५८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।