• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

निष्पक्षताका लागि आवाज उठाउँदा उठाउँदै शहादतको बाटो रोजेकी तिम्तिक

64x64
नेपाल लाइभ मंगलबार, भदौ १६, २०७७  ०७:३८
1140x725
तस्बिर : ग्लोबल राइट्स

एक महिलाको तस्बिर राखेर श्रद्धाञ्जलीका शब्द लेख्न थालिएको ५ दिन भइसकेको छ। यो क्रम अझै रोकिएको छैन। ४२ वर्षीया इब्रु तिम्तिकको फोटोमा संसारभरका मानिसले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनलाई सम्झिरहेका छन् र सायद अझै लामो समयसम्म सम्झिरहनेछन्। सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिने अधिकांशले उनलाई स्वतन्त्रता र निष्पक्षताकी हिमायती भएको उल्लेख गरेका छन्।

यति नहोस् पनि किन, स्वतन्त्रताका लागि २३८ दिनसम्म भोकै जीवन धानेकी तिम्तिकले गत बिहीबार अन्तिम सास फेरिन्। टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी तिम्तिकले टर्कीको राजधानी इस्तानबुलको एक अस्पतालमा अन्तिम पटक सास फेरेकी हुन्। उनको शरीरबाट निस्किएको अन्तिम सासको झोक्का एक्कासी आएको हुरीजस्तो भएर धेरै मानिसको मनमा चिसो बनेर पसेको छ। 

पेशाले मानव अधिकारका पक्षमा वकालत गर्ने उनलाई सरकारविरोधी काम गरेको भन्दै त्यहाँको सरकारले विभिन्न आरोपहरू लगाएर जेल हालेको थियो।अन्तर्राष्ट्रिय तथा स्थानीय कानुनविद्हरूले तिम्तिकको रिहाइ माग गर्दै राष्ट्रपति रेसेप तायिप इर्दोगानलाई दबाब दिँदै आएका थिए। तर उनीहरुको माग र दबाबलाई बालुवामा राखेको पानी जस्तै बनाइदियो इर्दोगान सरकारले। 

उनको गल्ती के थियो र उनलाई जेलमा राखियो? यो घटनाको पृष्ठभूमि केलाउन भने सन् २०१७ सेप्टेम्बरतिर फर्कनुपर्ने हुन्छ। सरकारविरोधी कामकारबाहीमा संलग्न भएको भन्दै टर्कीको सरकारले १८ जना वकिलहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्ने सबै कि प्रोग्रेसिभ लएर्स एसोसियसन र  पिपल्स ल ब्यूरोका वकिलहरू थिए। तिनै १८ जनामध्ये एक थिइन्- वकिल इब्रु तिम्तिक।

EU 'deeply saddened' by death of Turkish lawyer on hunger strike: report -  Stockholm Center for Freedom

आफ्नो र साथीका लागि अदालतको निष्पक्ष सुनुवाइकाे माग गर्दै भोक हड्तालमा बसेकी इब्रु तिम्तिकको पार्थिव शरीर वरिपरि शोक मनाइरहेका टर्किस नागरिक।

टर्कीका शासकका अधीनमा चल्ने त्यहाँका अदालतले तिम्तिकलाई रिहा नगर्ने फैसला सुनाएको थियो। गत वर्ष अक्टोबरमा तिम्तिकसहित १८ वकिललाई टर्कीको पुनरावेदन अदालतले यसअघि तल्लो अदालतले सुनाएको लामो समयको जेल सजाय सदर गर्ने निर्णय गरेको थियो। उनीहरुमाथि अवैध मार्क्सवादी संगठनसँग सम्बन्ध रहेको आरोपसमेत लगाइएको थियो।

सन् २०१९ मार्चमा त्यहाँको अवैध संगठन रिभोलुसनरी पिपल्स लिबरेसन पार्टीमा आबद्ध भएको आरोपमा त्यहाँको सरकारले उनलाई १३ वर्ष ६ महिना जेल सजाय सुनाएको थियो। यिनीसँगै अर्का एक पुरूष पनि यही घटनामा दोषी ठहरिएका थिए- एक्टिक अनसल। अनसललाई भने १० वर्षभन्दा अधिक सजाय भुक्तान गर्नू भनी आदेश दिइएको थियो। 

सन् २०२० जनवरी २ देखि तिम्तिकले अदालतको निष्पक्षतामाथि प्रश्न उठाउँदै निष्पक्ष रूपमा सुनुवाइ हुनुपर्ने माग राखी भोक हड्तालको घोषणा गरिन्। पछि फेब्रुअरी २ मा उनलाई अनसलले साथ दिए र दुवै जना अदालतको अकर्मण्यताको विपक्षमा रहेर निष्पक्ष सुनुवाइ हुनुपर्ने भन्दै भोक हड्तालमा बसे।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि अप्रिल ५ मा टर्किस 'एटोर्नी डे' का दिन दुवै जनाले अदालती प्रक्रिया निष्पक्ष नभए जीवनको अन्तिम क्षणसम्म भोकै रहने घोषणा गरे। जुन १ मा उनीहरूलाई रिहा गर्न ‘इन्टरनेसनल एसोसियसन अफ डेमोक्रेटिक लयर्स’ले ३६५ विदेशी र ४०० टर्किस वकिलद्वारा हस्ताक्षरित मुद्धा टर्कीको सर्वोच्च अदालतमा दायरसमेत गरे। तर यसमा पनि कुनै प्रगति भएन।

उनीहरूले गरेको भोक हड्तालका कारण दुवै जनाको स्थिति दयनीय बनिसकेको थियो। यसलाई मध्यनजर गर्दै जुलाई ३० मा तिम्तिक र अनसल दुवैलाई उच्च सुरक्षासहितको सिल्भिरी जेलबाट इस्तानाबुलस्थित एक अस्पताल पुर्‍याइएको थियो।

तिम्तिककी एक आफन्तका अनुसार उनलाई भोक हड्ताल त्याग्नका लागि विभिन्न निकायबाट चर्का दबाब आइरहेका थिए। ‘उनी निदाइरहेका बेलामा पनि खाना खानका लागि भन्दै मानिसहरू आएर उनलाई जबरजस्ती उठाइरहन्थे,’ मृत्युअघि नै उनले भनेकी स्मरण गर्दै तिम्तिककी आफन्तले भनेकी छन्। 

जेलमा भन्दा अस्पतालमा हुँदा उनको स्थिति झन् बिग्रिएको थियो। तिम्तिकलाई राखिएको अस्पतालको कोठामा चौबिसै घण्टा बत्ती बालिएकाे हुन्थ्यो‚ त्यसमाथि चिसो हावासमेत पास गराइएको थियो। 

Turkish lawyer dies on hunger strike

तिम्तिकको पार्थिव शरीरलाई अन्त्येष्टीका लागि लगिँदै। तस्बिर : टाइम्स अफ माल्टा 

‘उनीहरू तिम्तिकको भोक हड्ताल अन्त्य गराउनका लागि चर्को दबाब दिइरहेका थिए। उनको भोक हड्ताल अन्त्य गराउनका लागि अनेक प्रलोभनहरू देखाइरहेका थिए,’ ती आफन्तले सुनाइन्।

१२ अगस्ट २०२० मा युरोपिया एसोसियसन अफ लयर्स फर डेमोक्रेसी र वर्ल्ड ह्युमन राइट्सले तिम्तिक र अनसलको भोक हड्तालको विषय सबैका लागि चिन्ताको विषय बनेको भन्दै राष्ट्र संघलाई पत्रसमेत पठाएका थिए।

तर दुर्भाग्य भनौं भोक हड्ताल सुरू गरेको २३८औं दिनमा उनको मृत्यु भयो। मृत्यु हुँदा उनको तौल जम्मा ३० किलो भएको अस्पतालले जनाएको छ। उनीभन्दा अघि टर्कीमा भोक हड्तालका क्रममा हेलिन बोलेक, इब्राहिम गोसेक र मुस्ताफा कोसाक गरी तीन जनाले सहादत प्राप्त गरिसकेका छन्।  

यो पनि पढ्नुहोस्

टर्किस संगीतकर्मीहरु,  जो गीत गाउँदा जीवन त्याग्न अभिशप्त छन्शनिबार, वैशाख २७, २०७७

उनको मृत्युमा शोक मनाउन आएका मानिसहरूलाई समेत प्रहरीले अश्रुग्यास प्रयोग गरी तितरबितर बनाएको त्यहाँका स्थानीय समाचारहरूले जनाएका छन्।

Hunger-striking Turkish lawyer dies — denied fair trial, EU says | News |  DW | 28.08.2020

तिम्तिकको पार्थिव शरीर वरिपरि शोक मनाइरहेका टर्कीस नागरिक।

युरोपेली संघका वैदेशिक मामिलाका प्रवक्ता पिटर स्टानोले तिम्तिकको निधनले टर्कीमा मानव अधिकारको अवस्था र त्यहाँको न्यायपालिकाको नाजुक स्थितिको चित्रण गरेको बताए। 

-एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  ०७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव मेलोनीका अनुसार विद्यालयमा विद्यार्थीको अनुहार स्पष्ट देखिनुपर्नेछ। कुनै पनि व्यक्तिलाई परम्परा वा संस्कृतिको नाममा अनुहार ढाक्न दबा... सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति रुसमा संसदीय निर्वाचनको अन्तिम दिन चलिरहेका बेला युक्रेनले रातभर एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। सोमबार, असोज ५, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबा... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्