भारत– हिन्दी फिल्म उद्योगमा लगातार काम पाइरहेकी र आफ्नो क्षमता समेत प्रदर्शन गरिरहेकी आलिया भट्ट अप्ठ्यारोमा पर्न थालेकी छिन्। एसएस रजामौली की बहुप्रतिक्षित फिल्म 'आरआरआर'बाट उनी निस्किने सम्भावना बढेको छ।
सुशान्त सिंह राजुपत मृत्युपछि बलिउडलाई लागेको नेपोटिज्ममका कारण आलिया फिल्म 'सडक २'को ट्रेलरलाई अत्याधिक डिसलाइक प्राप्त भएको थिय। महेश भट्टमाथि लागेको आरोपका कारण आलियाको करियर प्रभावित हुने देखिएको छ।
भारतीयहरु आलिया भट्टसँग पनि रिसाइरहेका छन्। त्यसैले उनका आइरहेका र आउनेवाला फिल्मका लागि एन्टि आलिया क्याम्पियन हुँदैछ। जसको असर उनलाई पर्न लागेको छ।
'बाहुबली' जस्तो फिल्म बनाउने राजमौलीले आगामी फिल्म 'आरआरआर' साउथ स्टार राम चरण, जुनियर एनटीआरका साथै हिन्दी उद्योगका अजय देवगन र आलिया भट्टलाई लिएका थिए। यो फिल्मका लागि आलियाले पारिश्रमिक धेरै मागेकी थिइन्। राजमौली दिन तयार भएका थिए।
आलिया विवादमा परेपछि भने निर्देशक राजमौली र निर्माता तनावमा छन्। यही कारण चाँडै आलियाका ठाउँमा अर्को हिरोइन खोजेर सुटिङ गर्ने तयारी उनीहरुले गरेको बलिउडमा चर्चा छ। प्रियंका चोपडाले उक्त भूमिका प्राप्त गर्ने सम्भावना बढी रहेको बताइन्छ। किनभने राजमौली आफ्नो आगामी फिल्म विवादित बनाउन चाहिरहेका छैनन्।
किनभने यो ठूलो बजेटमा बन्न लागेको फिल्म हो। कम्तिमा ४ सय देखि छ सय करोड भारतीय रुपैयाँ लगामी हुने अनुमान गरिएको छ। तेलुगु, तमिल, मलयालम र हिन्दी भाषामा फिल्म रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।