प्रतीकात्मक तस्बिर
काठमाडौं- रौतहटको ईशनाथ नगरपालिका–७ सानो घ्युरा बस्ने ३२ वर्षीय दिनदयाल साहको गोली प्रहार गरी हत्या भएको छ।
अपरिचित व्यक्तिहरुले फोन गरी बोलाएर भारतको घोडासहन गएका उनको गोली प्रहार गरी हत्या गरिएको हो।
हाल साहको शव भारतको घोडासहन प्रहरी थानामा रहेको छ। गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।