प्रहरी प्रधान कार्यालयको दृश्य।
काठमाडौं- प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूको सरुवा गरेको छ। भदौ १५ गते बसेको प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनीहरूलाई सरुवा गर्ने निर्णय गरेको हो।
सरुवा भएका सबै प्रहरी अधिकृतहरूले भदौ महिनाको तलबभत्तासमेत सरुवा भई कायम भएकै कार्यालयबाट उपभोग गर्ने गरी सरुवा गरिएको कार्यालयले जानकारी दिएको छ।
पछिल्लो सरुवाअनुसार जिल्ला प्रहरीका कार्यालय दैलेखमा अनुपम श्रेष्ठलाई पठाइएको छ। यस्तै अन्जना श्रेष्ठलाई सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय प्रहरी मुख्यालयमा तानिएको छ।
को कहाँ? यस्तो छ पूर्ण सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।