काठमाडौं–९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङजाबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा १० का ५५ वर्षीय रेशबहादुर गुरुङ छन्। ती बालिकालाई ४-५ महिनादेखि ललाईफकाई गरी यौनशोषण गर्दै आईरहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको स्याङ्जाको बिरुवा गाउँपालिका ८ टोड्केमा लुकिछिपि बसेको अवस्थामा भदौ १४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पोखरा ल्याई जबरजस्ती करणी मुद्धामा अनुसन्धान अगाडि बढाईएको जनाइएको छ। पक्राउ गरिएको गुरुङ भूतपूर्व भारतीय सैनिक रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।