काठमाडौं-सिन्धुलीको तीनपाटन गाउँपालिका-८ तिल्पुङडाँडास्थित भीमसेन निमाविका प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
अपहरण आरोपमा सुनसरी धरान उपमहानगरपालिका–६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो। पछि सात जना पुरुषलाई पक्राउ गरिएको सिन्धुलीका डिएसपी श्यामबहादुर क्षेत्रीले बताए ।
स्कुलमा छात्रवृत्ति बाँडिरहेको अवस्थामा प्रधानाध्यापक नारायण भण्डारीलाई १०/१२ जनाको समूहले अपहरण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित लायोगाउँको खानीपाखा जंगलबाट भण्डारीलाई सकुशल फेला पारी उद्धार गरेको थियो ।
पाँच थान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।