एजेन्सी–अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाखनजिक पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५९ लाख ९३ हजार ६ सय ६८ पुगेको हो। अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट १ लाख ८३ हजार ३४ जनाको मृत्यु भइसकेको छ।
अमेरिकामा सबैभन्दा धेरे न्यूयोर्कमा ३२ हजार ९ सय ४८ जनाको मृत्यु भएको छ। त्यहाँ ७५ हजार ६२ जना निको भएका छन्। यस्तै, न्युजर्सीमा १५ हजार ९ सय ३७, क्यालिफोर्नियामा १२ हजार ९ सय ३४, टेक्सासमा १२ हजार ६ सय ७५, फ्लोरिडामा ११ हजार १ सय १९ र म्यासाचुसेट्समा ९ हजार ४९ जनाको मृत्यु भएको छ।
यस्तै, ब्राजिलमा ३८ लाख ४६ हजार १ सय ५३ जना संक्रमित भएका छन् भने १ लाख २० हजार ४ सय ६२ जनाको मृत्यु भएको छ। भारतमा ३८ लाख ४६ हजार १ सय ५३ संक्रमित र ६३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।