• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

लामो दूरीका बस सञ्चालन अन्योलमा, व्यवसायी भन्छन्–अब उठ्न सक्दैनौं

64x64
नेपाल लाइभ आइतबार, भदौ १४, २०७७  १३:००
1140x725

काठमाडौं-६ महिनायता लामो दूरीका यात्रुवाहक सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्। सरकारले चैत ११ मा लकडाउन गरेयता सार्वजनिक बस नचलेका कारण यातायात क्षेत्र अब उठ्नै नसक्ने गरि थलिएको यातायात व्यवसायीहरुले बताएका छन्। 

सरकारले लामो तथा मध्यमदूरीका बस भदौ १ देखि सञ्चालन गर्ने भनेकोमा उत्त मिति भदौ १६ लाई सर्‍यो। तर कोरोना संक्रमितको संख्या बढेसँगै उपत्यकाका तीनै जिल्ला प्रशासनले भदौ ३ देखि लागू गरेको निषेधाज्ञा एक साता थप गर्दै १७ गतेसम्म पु¥याएका छन्। यसले पनि तत्काल लामो तथा मध्यम दूरीका सार्वजनिक बस चल्ने सम्भावना टरेको छ। 

सरकारले असार २६ देखि जिल्लाभित्र चल्न पाउने गरि छोटो दूरीका सार्वजनिक बस चल्न दिने निर्णय गरेको थियो। तर ती पनि निषेधाज्ञासँगै बन्द भएका छन्। हाल ४० भन्दा बढी जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी भएका छन्।  

यातायात व्यवसायीले आफ्ना सवारीसाधन ग्यारेजमा थन्किएकाले सहुलियत दरको ऋण उपलब्ध गराउनुपर्ने, कर छुट दिनुपर्ने सहितका माग सरकारसँग राखेका छन्। त्यसमध्ये केही माग सम्बोधन भए पनि मौद्रिक नीतिले भने अनुसार आएको कार्यविधि निजी बैंकहरुले नमानेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

‘राष्ट्र बैंकले दिएको कार्यविधि अनुसार निजी बैंकले पुनर्कर्जा दिने विषयमा व्यवसायीलाई नटेरेको देखियो,’ उनले भने, ‘६० प्रतिशतभन्दा बढी स्वरोजगार रहेको र सबै स्वदेशी लगानी रहेको सार्वजनिक यात्रुबाहक बस सञ्चालन अब उठ्न मुस्किल हुनेछ।’ 

६ महिनादेखि बस चलेका छैनन्। तिनका अधिकांश पार्टपूर्जा फेर्नुपर्ने भएकाले एउटा बस मर्मतका लागि ३र४ लाख रुपैयाँसम्म लाग्ने अवस्था आउने उनको भनाइ छ। 

लामो दूरीका सार्वजनिक बस सञ्चालन गर्नका लागि समस्या नरहेको यातायात व्यवस्था विभागको भनाइ छ। अहिले मानिसहरूमा काम नपरी हिँड्नु हुँदैन भन्ने मानसिकताको विकास भएकाले पनि लामो दूरीका बस सञ्चालन गर्न समस्या नहुने विभागको तर्क छ। तर परिस्थिति प्रतिकूल रहेकाले तत्काल लामो दूरीका बस सञ्चालनमा त्याइहाल्ने अवस्था नरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

‘कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले तत्काल बस सञ्चालन गरिहाल्ने अवस्था छैन, उनले भने, ‘सरकारले अवस्थाको विश्लेषण गरेर बस चलाउने निर्णय गरेपछि स्वाभाविक रूपमा सञ्चालनमा आउँछन्।’ सार्वजनिक बस सञ्चालन हुँदा विभागले सरोकारवालासँग छलफल गरेर बनाएको मापदण्ड पालना गर्दै बस सञ्चालन गर्नुपर्ने उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

बस चलाउन लाखौं खर्चिनु पर्ने
यातायात व्यवसायीहरुका अनुसार देशभरि करिब तीन लाख लामो दूरीमा चल्ने यात्रुवाहक सवारीसाधन छन्। ६ महिनायता सञ्चालन हुन नसकेको एउटा बसमा ब्याट्री, सबै टायरलगायत पार्टपुर्जामा भएको क्षति गरेर करिब ३ देखि ४ लाख रुपैयाँसम्म क्षति भइसकेको छ।

उक्त क्षति गाडी खडा भएका कारण निम्तिएको भौतिक क्षति हो। तर गाडीले गर्ने कमाइ, बैंकको किस्ता, बीमा, मजदूरको पाएको पीडाको हिसाब गर्ने हो भने त्यो क्षतिको विवरण कहालीलाग्दो भएको महासचिव सिटौलाले बताए। ‘यतिका समय रोकिएर बसेका बस चलाउन कहाँबाट पैसा ल्याउने?’ उनले प्रश्न गर्दै थपे, ‘हामीले सरकारलाई स्वदेशी लगानी संरक्षण गर्न सहुलियत दरको ऋणको कुरा गरेका छौं, कर छुटको कुरा गरेका छौं। तर पनि हालसम्म यी विषयहरु सम्बोधन हुन सकेका छैनन्।’ 

यस्तो छ बस सञ्चालनको स्वास्थ्य मापदण्ड
जनचेतना अभिवृद्धिः
यात्रु वा सेवामा संलग्न कर्मचारीहरुका लागि कोभिड–१९ प्रकोपको जोखिमसम्बन्धी आधारभूत ज्ञान तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मास्क लगाउने, हात स्यानिटाइजर वा साबुन पानीले धुने, जताततै नछुने र नथुक्ने, सामाजिक दूरीसम्बन्धी, भाडा तिर्नका लागि गरिएको व्यवस्था, बस बिसौनीमा पर्खने र ओर्लने तरिका निश्चित गरिने।

यात्रु सिटको सरसफाइ तथा निर्मलीकरणः यात्रुले एकपटक सवारी साधन प्रयोग गरेपछि सिट सरसफाइ गर्ने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सामाजिक दूरीः यात्रु–यात्रुबीचको सामाजिक दूरी कायम गर्नका लागि यात्रुबाहक सवारी साधनको क्षमता अनुसार अधिकतम यात्रु संख्या निर्धारण गर्ने र ले–आउट सोहीअनुरुप बनाउने।

यातायात सञ्चालनको समय तालिकाः सवारी साधनहरुको सञ्चालनपूर्व सिट निर्धारण र समय तालिका तयार गरी बस स्टपहरुमा राख्ने।

यातायात सेवामा कार्यरत कर्मचारीको स्वास्थ्यको नियमित परीक्षणः प्रत्येक खेप सुरु हुने बेलामा वा दिनमा कम्तिमा दुईपटक निजको शरीरको तापक्रम मापन गर्नका लागि प्रत्येक बसमा थर्मल गनको व्यवस्था गर्ने।

यात्रुहरुका लागि स्यानिटाइजर उपलब्ध गराउने
भाडा असुलीका लागि वैकल्पिक उपाय अवलम्बन गर्नेः सकभर भाडा भुक्तानीका लागि मोबाइल बेस्ड स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड, अनलाइन तथा इलेक्ट्रोनिक भुक्तानी, भाडा भुक्तानीका लागि यात्रुहरुले टिकट काउन्टरबाट एकपटक वा धेरै पटक वा कुनै अवधिका लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था गर्ने।

चालक कक्ष र यात्रु कक्षलाई उपयुक्त खालको प्लाइ बोर्ड वा ग्लास वा फाइबर बोर्ड वा बाक्लो खालको प्लास्टिक सिटद्वारा छुट्याउने।
सवारी साधनभित्र कोभिड-१९ सम्बन्धी सावधानीका सन्देश तथा सतर्कतासम्बन्धी जनचेतनामूलक सामग्री तयार गरि टाँस्ने।

सवारी चालक र सहचालकका लागि मास्क, ग्लोब, भाइजर र स्यानिटाइजर उपलब्ध गराउने। बस टर्मिनल र बस बिसौनीमा साबुन पानी र स्यानिटाइजर राख्ने र कोभिड–१९ सम्बन्धी जनचेतनामूलक सामग्री राख्ने। अनुगमनमा खटिने ट्राफिक प्रहरी वा कर्मचारीलाई मास्क, स्यानिटाइजर, ग्लोब, भाइजर उपलब्ध गराउने।

लामो, मध्यम तथा स्थानीय रूटमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधन यीलगायतका स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने विभागले जनाएको छ। यी मापदण्ड विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको स्वास्थ्य मापदण्डमा रहेर बनाइएको।
 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १३:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्