प्रतीकात्मक फोटो
काठमाडौं- सैनिक मुख्यालय जंगी अड्डामा गोली हानेर एक सैनिक जवानले आत्महत्या गरेका छन्।
आइतबार बिहान ३ बजे सैनिक मुख्यालय अगाडि रहेको सेनाको पेट्रोल पम्ममा ड्युटीमा खटिएका जवानले आफूले बोकेको बन्दुकले आफैंलाई गोली हानेर आत्महत्या गरेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले नेपाल लाइभलाई जानकारी दिए।
नेपाल प्रहरी र सैनिक प्रहरीले अहिले घटनको अनुसन्धान गरिरहेको उनले बताए। तनहुँ घर भएका ती जवानको शव आफन्तलाई बुझाउने तयारी भइरहेको सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।