एजेन्सी–कोरोना भाइरस संक्रमणका कारण लगाइएको लकडाउनविरुद्ध जर्मनीको राजधानी बर्लिनमा हजारौं मानिसले प्रदर्शन गरेका छन्। बर्लिनको देन लिन्डेन र ब्रेन्डनबर्ग गेटनजिक शनिबार प्रदर्शन भएको हो।
बर्लिनको उत्तर देन लिन्डेननजिक प्रदर्शनमा सहभागीहरुले प्रहरीविरुद्ध ढुंगामुडा गर्नुका साथै बोत्तल फ्याँकेका थिए। त्यसक्रममा २ सय मानिसलाई हिरासतमा लिइएको छ।
प्रदर्शनकारीहरुले कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धका कारण आफ्नो अधिकार र संविधानले दिएको स्वतन्त्रताको हक उल्लंघन भएको आरोप लगाएका छन्। लकडाउन हटाउनुपर्ने उनीहरुको माग छ।
जर्मनीमा कोरोना संक्रमितको संख्या २ लाख ४२ हजार ८ सय ३५ छ भने ९ हजार २ सय ९९ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।