एजेन्सी- बेलायतमा कोभिड- १९ सँग जोडिएको एक सरकारी रिर्पोट लिक भएपछि खलबली मच्चिएको छ। बिबिसीले उक्त रिर्पोट लिक गराएको थियो। सरकारी रिर्पोटमा जाडो महिनामा सबैभन्दा खराब अवस्था आउने भनिएको छ।
८५ हजार बेलायतीले कोभिडका कारण ज्यान गुमाउने उक्त रिर्पोटमा उल्लेख छ। लिक भएको यो डकुमेन्टमा बेलायत सरकारका लागि ‘सेज साइन्टिफिक एडभाइजरी गुप्र’ले तयार गरेको थियो।
रिर्पोटमा नोभेम्बरदेखि मार्चका बीचमा सम्पर्क घटाउन केही सेवामा प्रतिबन्ध लगाउने सकिने भनिएको छ। यो रिर्पोटको अर्थ जाडो महिनामा बेलायतको नेशनल हेल्थ सर्भिस स्थानीय प्रशासन र शवगृहको सहयोगका लागि अवस्था आँकलन गर्न अध्ययन गरिएको थियो।
धेरै विशेषज्ञहरुले यो रिर्पोट धेरै दूरगामी र अस्पष्ट अनुमान गरिएको टिप्पणी गरेका छन्।
बेलायतमा हालसम्म ३ लाख ३० हजारभन्दा धेरै संक्रमित भएको र ४२ हजारले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।