नयाँ दिल्ली- भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर भएको र उनी अहिले पनि कोमामा रहेको र भेन्टिलेटरको सर्पोट लिइरहेको बिबिसी हिन्दीले जनाएको छ।
दिल्लीस्थित आर्मी अस्पतालका अनुसार कोरोना भाइरसको संक्रमण उनको फोक्सोमा फैलिएको छ र उपचार भइरहेको सैनिक अस्पतालले जनाएको छ। २९ अगस्टमा जारी भएको मेडिकल रिर्पोटबाहेक केही पनि सुधार भएको छैन।
अस्पतालका अनुसार उनको रक्तसञ्चार ठिक रुपमा भइरहेको छैन। ८४ वर्षका मुखर्जी कोरोना पोजेटिभ भएपछि अस्पताल भर्ना भएका थिए।
ठिक भए गृहमन्त्री शाह
भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। उनी संक्रमणबाट ठिक भएको अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)ले एक नोटिस जारी गरेर बताएको छ। उनमा कोरोना संक्रमण देखिएपछि एम्स अस्पतालमा भर्ना भएका थिए। उनलाई पोष्ट कोभिड वार्डमा सारिएको र छिटै अस्पतालबाट डिस्चार्ज हुने अस्पतालले जनाएको छ। शाह १८ अगष्टमा दिल्लीको एम्स अस्पताल भर्ना भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।