काठमाडौं- बन्द अवस्थामा रहेको बालाजुस्थित जनमैत्री अस्पताल सञ्चालनमा आउने भएको छ। काठमाडौं १६ का वडा अध्यक्ष मुकुन्द रिजालको सक्रियतामा बन्द रहेको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो।
व्यवस्थापकीय कमजोरीले बन्द रहको जनमैत्रीलाई कोभिड अस्पताल बनाउन लागेको बताइएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनमैत्रीसहित तीन अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको शुक्रबार जानकारी गराएका थिए। जसमा जनमैत्रीसहित काठमाडौंकै कान्तिपुर अस्पताल र वीरगञ्जको नेसनल मेडिकल कलेज टिचिङ अस्पताल छन्।
कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं १६ का वडाध्यक्ष रिजालले साउन २९ मा पत्र लेखेर बन्द अस्पताल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
जनमैत्री अस्पतालको ३०० शैया क्षमता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।