रुपन्देही-प्रदेश ५ मा कोरोना संक्रमितकाे संख्या ६ हजार एक सय सय एक पुगेको छ। जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ।
प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १-१ जना रहेका छन् । प्रदेशमा चार हजार सात सय तीन जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन्। तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ। उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए। बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ सङ्क्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
सूचना अधिकारी पौडेलकाअनुसार संक्रमण देखिएका ८७ जना अझै पनि क्वारेन्टाइनमै छन्। उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। शुक्रबारसम्म एक हजार चार सय ७६ जना क्वारेन्टाइनमै छन्। अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पिसीआर परीक्षण गरिएकोमा ६ हजार एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दुई हजार नौ सय ७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।