म्युनिख– च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले बायर्न म्युनिखलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ। अलियन्ज एरिनामा गएराति भएको खेलमा मड्रिड २–१ ले विजयी हुँदै लिगमा म्युनिखविरुद्ध लगातार छैठौं खेलमा विजयी भएको हो।
यसअघि उसले सन् २०१० र २०१२ मा अजाक्सविरुद्ध पनि यो इतिहास बनाएको थियो।

जितसँगै मड्रिड च्याम्पियन्स लिगमा सबैभन्दा बढी खेलमा जित हात पर्ने टोली बनेको छ। मड्रिड हालसम्म १ सय ५० खेलमा विजयी भएको छ।
गएरातिको खेलमा मड्रिडलाई विजयी गराउन मार्सेलोले ४४ तथा मार्को असेन्सियोले ५७ मिनेट गोल गरे। यसअघि सुरवाती अग्रता भने म्युनिखले लिएको थियो। खेलको २७ मिनेटमा जोसुआ किमिचले गाेल गर्दै लिएको अग्रतालाई म्युनिखले आफ्नै घरेलु मैदानमासमेत कायम राख्न सकेन।
पछिल्ला ५ वर्षमा रियललाई चौथो पटक फाइनलमा जान रोक्नका लागि आगामि मंगलबार बर्नबेउमा हुने दोस्रो लेगको खेलमा म्युनिखले कम्तिमा २ गोल गर्नुपर्दछ। योसँगै उसले रियललाई आफ्नै घरेलु मैदानमा गोल गर्नसमेत दिनु हुँदैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।