काठमाडौं–रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोलस्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्याको अनुसन्धान गर्न माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आज शुक्रबार काठमाडौैंको रत्नपार्कमा विरोध प्रदर्शन गरेको छ।
मन्दिर परिसरमै खाना खान लागेका बेला भदौको पहिलो साता पुजारी साहलाई गोली हानी हत्या गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक रविराज खड्कासहितको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। तर अहिलेसम्म हत्यारा पक्राउ पर्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।