काठमाडौं–नेपाल विद्यार्थी संघले रौतहट र मोरङमा दुई युवाको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न सरकारसँग माग गरेको छ। राज्यको नियन्त्रणमा रहेका उनीहरुको मृत्युप्रति आफ्नो ध्यानाकर्षण भएको संघले जनाएको छ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षिय युवाको बिहीबार वीरगञ्जको एक अस्पतालमा मृत्यु भएको थियो। स्वास्थ्य अवस्थामा रहेका युवक विजय महराको मृत्यु अप्रत्यासित र अस्वाभाविक रहेको संघका महामन्त्री बलदेव तिमल्सेनाले बताए।
यस्तै, मोरङको जिल्ला कारागारमा रहेका २६ वर्षीय युवक निराजन यादवको कोशी अस्पतालमा मृत्यु भएको थियो। यादवको मृत्यु पनि शंस्कास्पद रहेको संघले जनाएको छ। दुवै मृत्युको अनुसन्धान गरि वास्तविकता बाहिर ल्याउन संघले सरकारसँग माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।