एजेन्सी–अमेरिकाले १५ करोड र्यापिड कोभिड–१९ टेस्ट किट खरिद गर्ने घोषणा गरेको छ। ह्वाइटहाउसका प्रेस सेक्रेटरी केलिग म्याकइनानीले बालबालिकाहरु विद्यालय फर्कन, अमेरिकीहरु काममा जान र देश खुला राख्न सहयोगका लागि यो प्रमुख उपलब्धी भएको भन्दै ट्वीट गरेका छन्।
वाल स्ट्रीट जर्नलका अनुसार र्यापिड टेस्ट किट खरिद गर्नका लागि एबोट ल्याबोरेटोरिजसँग ७५करोड डलरको सम्झौता भएको छ।
‘र्यापिड एन्टिजेन टेस्ट’ नामको उक्त किटलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बिहीबारमात्र स्वीकृति दिएको थियो। नाकको स्वाब प्रयोग गर्न सकिने उक्त किटबाट १५ मिनेटमा नतिजा प्राप्त हुने बताइएको छ।
क्रेडिट कार्ड आकारको उक्त किटको एउटाको मूल्य ५ डलर पर्ने र मोबाइल एपमार्फत् नतिजा थाहा पाउन सकिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।