सिन्धुपाल्चोक- राप्रपा जिल्ला कार्य समिति सिन्धुपाल्चोकले जुगल गाउँपालिका-२, लिदीका बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ।
राप्रपाका केन्द्रीय सदस्य रमेश बहादुर लामा, गोपाल श्रेष्ठ, उदय सापकोटा, दईन्द्र ठकुरी, शिव भण्डारी, उत्तम भण्डारी, कुमारी तामाङ शेर बहादुर शाही लगायतको उपस्थितीमा राहत वितरण कार्य सम्पन्न भएको थियो।
राप्रपाले जुगल गाउँपालिका-२, लिदीका बाढीपहिरोबाट मृतक प्रत्येक परिवारलाई बाह् हजार नगद, घर पुरिएका परिवारलाई छ हजार नगद र विस्थापित १७२ घरपरिवारलाई दुई हजारका दरले राहत वितरण गरिएको थियो।
राहत वितरणमा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ्ग, सोही वडाका वडा अध्यक्षलगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।