काठमाडौं- अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि वैदेशिक अनुमति पत्र (नो अब्जेक्सन सर्टिफिकेट) पुनः प्रदान गर्ने सरकारले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी जारी गर्ने निर्णय गरेको सरकार प्रवक्ता डा युवराज खतिवडाले जानकारी गराए।
सरकारले एओसी रोक्दा अध्ययनका लागि बाहिर जाने विद्यार्थीले प्रक्रिया सुरु गर्न पाएका थिएनन्।शिक्षा मन्त्रालयले प्रदान गर्दै आएको एनओसी चैतदेखि बन्द गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।