बैंगलोर- २ सय रन भन्दा माथिको स्कोर पनि जोगाउन नसक्दा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर(आरसिबी) घरेलु मैदानमा पराजित भएको छ। आईपिएलको २४ औं खेलमा महेन्द्रसिंह धोनी कप्तानीको चेन्नई सुपर किंग्सले कोहलीको बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ।
बैंगलोरले दिएको २ सय ६ रनको लक्ष्य चेन्नइले २ बल बाँकी रहदा पुरा गर्याे। चेन्नईका कप्तान महेन्द्रसिंह धोनी र ब्याट्सम्यान अम्बातु रयादुको उत्कृष्ट ब्याटिङमा चेन्नईले ठुलो लक्ष्य भेटाउन सफल भएको हो।
ओपनिङमा आएका रयादुले ८२ रनको योगदान दिए भने धोनीले ३४ बलमा नटआउट ७० रन प्रहार गरे। धोनीले ७ छक्का हानेका थिए।
जितका लागि अन्तिम ओभरमा चेन्नइलाई १६ रन चाहिएको थियो। अन्तिम ओभरको पहिलो बलमा चौका तथा दोस्रो बलमा छक्का प्रहार गरेपछि खेल चेन्नइको पक्षमा पुगेको थियो। तेस्रो बलमा एक रन लिदै ब्राभोले धोनीलाई स्टाइक दिएपछि धोकीले धक्का प्रहार उत्कृष्ट फिनिसिङको कला फेरी एकपटक देखाएका छन्।
बैंगलोरका लागि दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डिभिल्लर्स र क्वान्टेन डि ककले आक्रामक ब्याटिङ गरेका थिए। भिल्लर्सले ३० बलमा ६८ रन तथा ककले ३७ बलमा ५३ रन बनाएका थिए। पहिलो ओभरमै सेन वाटसन्लाई गुमाएपनि उनीहरुको आक्रामक ब्याटिङको मद्दतले २ सय रन कटाएको थियो। तर, उसले डिफेन्ड गर्न सकेन।
जितसँगै चेन्नई ६ मध्ये ५ खेल जितेर शीर्ष स्थानमा उक्लिएको छ। बैंगलोर २ जितका साथ छैंठौं स्थानमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।