सांकेतिक तस्बिर
चितवन-सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिननजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।
पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।