एजेन्सी–कोरोना भाइरस महामारीका कारण विश्वभर संक्रमित हुनेहरुको संख्या २ करोड ४० लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ४० लाख २८ हजार ५ सय ५७ पुगेको हो। हालसम्म संक्रमणका कारण ८ लाख २२ हजार ४ सय ३ जनाको मृत्यु भएको छ भने १ करोड ५६ लाख ६९ हजार ९९ जना निको भएका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५८ लाख १७ हजार ५ सय ३८ पुगेको छ भने १ लाख ७९ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा ३६ लाख ६९ हजार ९ सय ९५ संक्रमित र १ लाख १६ हजार ५ सय ८० को मृत्यु, भारतमा ३२ लाख ३४ हजार ४ सय ७४ संक्रमित र ५९ हजार ४ सय ४९ को मृत्यु, रुसमा ९ लाख ६८ हजार २ सय ९७ संक्रमित र १६ हजार ६ सय ३८ मृत्यु, दक्षिण अफ्रिकामा ६ लाख १५ हजार ७ सय १ संक्रमित र १३ हजार ५ सय २ को मृत्यु, पेरुमा ६ लाख ७ हजार ३ सय ८२ संक्रमित र २८ हजार १ जनाको मृत्यु भएको छ।
यस्तै, मेक्सिकोमा ५ लाख ६८ हजार ६ सय २१ जना संक्रमित भएका छन् भने ६१ हजार ४ सय ५० जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।