प्रतीकात्कम तस्बिर
झापा- झापाको झापा गाउँपालिका कामाटोलीमा प्रहरीले हवाइ फायर गरेको छ। कामाटोलीलमा १० राउन्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ।
करिब २५० जनाको समूहमा आएका व्यक्तिहरूले प्रहरीमाथि आक्रमण गरी दुई प्रहरी घाइते बनाएपछि प्रहरीले जवाफी रूपमा हवाई फायर खोलेको हो। प्रहरीले हवाइ फायर गरेपछि आक्रमणकारीहरू तितरबितर भएका थिए।
प्रतिबन्धित चौपायाको मासु बिक्री गर्ने दुई जनालाई विर्तामोड ल्याउँदै गर्दा बुधबार साँझ साढे ६ बजे हवाइ फायर भएको प्रहरीले जनाएको छ।
आक्रमणमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक र सशस्त्र प्रहरीका जवान घाइते भएका छन्। आक्रमणकारीले प्रहरीको गाडी समेत तोडफोड गरेको प्रहरीले जनाएको छ। घाइते प्रहरीको उपचारका लागि अस्पताल पठाइएको छ।
आक्रमणकारीमध्ये एक जना गम्भीर घाइते रहेको समेत प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि अस्पताल लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।