काठमाडौं-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २ घण्टा बागमतीका सहायक नदी विष्णुमती, मनोहरा, हनुमन्ते र गोदागरी खोला जलाधारमा मध्यम वर्षा भइरहेकाले विष्णुमती तथा हनुमन्तेमा जलसतह बढ्दो रहेको जनाएको छ।
विष्णुमतीमा जलसतह सतर्कतामा पुग्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
हाल उत्तरी बंगालको खाडीमा रहेको न्यूनचापप्य प्रणालीका कारण नेपालमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाइएको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।