चितवन-भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका कोरोना संक्रमित पक्राउ परेका छन्। १९ वर्षीय ती संक्रमितलाई प्रहरीले कोल्फुटार (गल्छीबाट २ किमी भित्र) बाट पक्राउ गरेको हो।
भरतपुर महानगरपालिका-१२ का १९ वर्षीय पुरुष मंगलबार बिहान ५ बजे भागेका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो।
केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।