• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रोजगारी गुमेर बाजुरा फर्किएकाको बिचल्ली, खान अन्न न बस्ने घर

प्रकाश सिंह बुधबार, भदौ १०, २०७७  १०:३८
1140x725
त्रिवेणी नगरपालिका–८ झालगाउँका धर्म सार्कीको परिवार । तस्बिरहरु: प्रकाश सिंह

बाजुरा-बाजुराको त्रिवेणी नगरपालिका-८ झालगाउँका धर्म सार्की २० वर्ष अघिदेखि सपरिवार भारतमा बस्दै आएका थिए । पछिल्लो समय भारतको दिल्लीस्थित करोलवागमा काम गरिरहेका धर्म पत्नी र छोरीसहित कोभिड-१९ को संकट शुरू भएपछि ४ वैशाख २०७७ मा नेपाल फर्किए । भारतमा काम गरेर दैनिक गुजारा गरिरहेका उनले अचानक नेपाल फर्किनु पर्ला भन्ने कल्पनासमेत गरेका थिएनन्

बाजुरा फर्केका धर्मको गाउँमा न जग्गा छ, न घर । उनी परिवार सहित अहिले अरूको घरमा बसिरहेका छन्। गाउँ पुगेर धर्म सपरिवार १६ दिन क्वारेन्टाइनमा बसे। त्यसपछि उनी खाने-बस्ने समस्या झेलिरहेका छन्। धर्म भन्छन्, 'भएको घर जग्गा पहिला नै बेचें, अहिले बिचल्ली छ । मसँग एक रुपैयाँ छैन । गाउँलेसँग सहयोग मागेर पेट पालिरहेको छु । यसरी कति दिन चल्ला र ?'

त्रिवेणी नगरपालिकाले कोरोना प्रभावितलाई राहत वितरण गर्ने सूचना धर्म र उनको परिवारले सुने पनि अहिलेसम्म राहत पाएका छैनन् । धर्म भन्छन्, 'राहत आउँछ भन्ने सुनेका थियौं, तर हामीलाई एक दाना चामल पनि दिइएको छैन । काम छैन, अब कोरोनाले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आएको छ ।' जनप्रतिनिधि र स्थानीय सरकारले आफ्नो पीडा नसुनेको धर्मको दुःखेसो छ ।

वडा नम्बर ८ का वडाध्यक्ष भीमबहादुर थापा भन्छन्, 'शुरूमा राहत वितरण गरियो । त्यसबेला भारतबाट आएकामध्ये कोही क्वारेन्टाइनमा थिए, कोही आउने क्रममा । नगरको बजेट क्वारेन्टाइन र कोरोना नियन्त्रणमा खर्च भएकोले भारतबाट फर्केकालाई सहयोग गर्न सकिएको छैन ।'

भारतमा रोजगारी गुमाएर बाजुरा फर्किनेहरू अहिले गाउँपिच्छे भेटिन्छन् । बूढीनन्दा नगरपालिका–२ कोल्टीका अम्बिका कार्कीको परिवार पनि ६ वर्षपछि भारतबाट फर्केको छ । अम्बिका कार्की र उनका पति गंग कार्की भारतमा मजदूरी गर्थे । उनीहरू ६ जना छोराछोरी सहित भारतको दिल्लीमा बस्थे । आमाको बाजुरामा मृत्यु भएकाले काजकिरिया गर्न गंग २ फागुन २०७६ मा नेपाल आएका थिए। आमाको काजकिरिया सकेर उनी १२ चैतमा भारत फर्किंदा नेपालगञ्जमै  लकडाउनमा परे ।

बूढीनन्दा नगरपालिका-२ कोल्टीकी अम्बिका कार्कीको परिवार, उनका पतिको नेपालगञ्जमा लडेर मृत्यु भएको थियो ।

उता भारतमा रोजगारी गुमेपछि अम्बिका छोराछोरी लिएर नेपालगञ्ज आइन् । अम्बिकाको परिवार लकडाउनमा परेपछि नेपालगञ्जमा डेरा लिएर बस्न थाल्याे । विडम्बना दुई महीनापछि १४ जेठमा भाडामा बसेको घरको छतबाट लडेर गंगको मृत्यु भयो भने अम्बिका र उनका छोराछोरीको बिचल्ली । त्यसपछि उनी छोराछोरी लिएर बाजुरा फर्किन् ।

बाजुराको जनप्रकाश माध्यमिक विद्यालयमा २४ दिन क्वारेन्टाइनमा बसेर गाउँ गएकी अम्बिका अहिले छोराछोरीसहित आफन्तको घरमा आश्रय लिइरहेकी छिन् । अम्बिकाको घरजग्गा छैन । लकडाउनका कारण नाबालक छोराछोरी कुपोषणको शिकार हुने जोखिम बढेको छ । अम्बिका भन्छिन्, 'एकातिर श्रीमानको  मृत्यु भयो, अर्को परिवार कसरी पाल्ने चिन्ता बढ्यो । छोराछोरीको पढाइ–लेखाइ र पालनपोषण गर्न कठिन परेको छ ।'

बाजुराका शिक्षक जनेश भण्डारीका अनुसार अम्बिकाको परिवार खाद्य संकटमा परेको छ । भण्डारी भन्छन्, 'हामीले उनको परिवारलाई केही पैसा संकलन गरेर भाँडाकुँडा र एक महीनाको लागि चामल किनेर दियौं, तर त्यतिले कहिलेसम्म पुग्छ र ? अहिले फेरि उनको परिवारले खाद्य संकट झेलिरहेको छ ।'

Ncell 2
Ncell 2
nimb
nimb

बाजुराकै त्रिवेणी नगरपालिका–८ कालापानीका नौले नेपालीको ७ जनाको परिवार १० वर्षपछि कोरोना कहरकै बीच भारतबाट बाजुरा फर्केको छ । पाँच छोराछोरी र पति–पत्नी भारतको ओखलामा बस्दै आएका थिए । कोरोनाले रोजगारी गुमेपछि ४ वैशाखमा उनको परिवार नेपाल आएको हो ।

नौले नेपाली १० वर्षदेखि भारतमा चौकीदारी गरेर परिवार पाल्थे । भारतमै बस्ने गरेको र यता गाउँको घर रित्तो भएकोले भत्किसकेको थियो । नौलेको पनि गाउँमा घरजग्गा छैन । उनी परिवारसहित गाउँ पुगेलगत्तै सपरिवार क्वारेन्टाइनमा बसे । २० दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किए, तर बस्ने घर नभएकोले जेठो दाइको घरमा सहारा लिएका छन् । नौलेको परिवारलाई यतिबेला खानेकुराको अभाव छ । आफन्त र गाउँलेहरूको सामान्य भरथेगले उनको परिवारले जेनजेन छाक टारिरहेको छ। उनी भन्छन्, 'दाइको घरमा बसेको छु । तर बिहान–बेलुका छाक टार्न समस्या परेको छ।'

नौलेकी पत्नी राधिका नेपाली अल्सरकी बिरामी छन् । रकम अभावका कारण उनको उपचार हुनसकेको छैन । भारतमा हुँदा नियमित औषधि खाने उनी बाजुरा फर्केपछि औषधि–उपचारबाट वञ्चित भएकी छन् । नौलेका तीन छोरा दुई छोरी पोषणयुक्त र पर्याप्त मात्रामा खान नपाउँदा कुपोषित समेत भइसकेका छन् । नौलेका पाँच छोराछोरी छोटो जन्मान्तरमा भारतमै जन्मेका हुन् ।

त्रिवेणी नगरपालिका-८ कालापानीका प्रेम सार्कीको परिवार ।

खान, बस्न र औषधि उपचारबाट वञ्चित नौलेको परिवारको पीडा बारे स्थानीय सरकार बेखबर नै छ । भारतबाट नेपाल आएको तीन महिना भए पनि उनले वडा र नगरपालिकाबाट कुनै सहयोग पाएका छैनन् । उनी भन्छन्, 'काम छैन, पैसा छैन । राज्यको कुनै सहयोग छैन । जीवनमा  दुःखमात्र थपिएको छ।' नौलेले गाउँलेहरूसँग बारम्बार सहयोग माग्न पनि असजिलो भएको अनि गाउँमा पनि खाद्य संकट र भोकमरी शुरू भएको बताए ।

Xtrem

Xtrem

बाजुराकै त्रिवेणी नगरपालिका–८ कालापानीका प्रेम सार्कीको परिवार पनि २० वर्षदेखि भारतमै थियो । दिल्लीमा काम गर्दै आएका प्रेमका तीन छोरा र एक छोरी भारतमै पढिरहेका थिए । प्रेम भन्छन्, 'सब ठीकठाक चलेकोले नेपाल फर्किनु पर्ला भन्ने सोचेको थिइनँ । तर, कोरोनाले नेपाल फर्कायो, यता आएपछि बिचल्ली भयो ।'

२२ वैशाख २०७७ मा गाउँ फर्केका प्रेमको ६ जनाको परिवार गाउँकै कालु सार्कीको घरमा बसेको छ । ठूलो परिवार, काम विना बस्नु परेकोले प्रेमलाई दैनिकी चलाउन सकस परेको छ । स्थानीय पसलमा उधारो माग्दा पनि पसलेले पत्याउन छाडेको प्रेम बताउँछन् । उनी भन्छन्, 'भएको सम्पत्ति पहिला नै बेचें । अहिले न उता जागिर रह्यो, न यता घरजग्गा छ ।'

उनी कोरोना नियन्त्रण भएपछि परिवारलाई यतै छाडेर फेरि रोजगारीका लागि भारत जाने योजनामा छन् । तर, कोरोना संकट टर्ने टुंगो छैन । भारतबाट फर्केका र खान बस्नलाई नै संकट झेल्दै आएका अरूहरूलाई जस्तै प्रेमको परिवारलाई पनि स्थानीय सरकारको कुनै सहयोग प्राप्त भएको छैन ।

न कात्रो, न काजकिरिया

२४ वर्षदेखि भारतमा बस्दै आएको बाजुराको बडिमालिका नगरपालिका–२ माझीगाउँकी कलमती दमाईको ६ जनाको परिवार कोरोना कहरपछि २८ जेठमा बाजुरा फर्कियो । बाजुरा पुगेलगत्तै बडिमालिका नगरपालिका–२ भौनेराको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा कलमतीको परिवारलाई राखियो । क्वारेन्टाइनमा बसेको दुई दिनमै ३० जेठको साँझ उनका पति भुपेन्द्र दमाईले आत्महत्या गरे ।

बाजुराको बडिमालिका नगरपालिका–२ की कलमती दमाई छोराछोरीका साथ । सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइन बाहिर। क्वारेन्टाइनमा रहदा ३० जेठमा कलमतीका पति भुपेन्द्र दमाईले आत्महत्या गरेका थिए ।

लामो समयदेखि दमको रोगबाट पीडित भुपेन्द्र कोरोना कहरका कारण आर्थिक अभावले गुज्रिरहेका थिए । भारतको दिल्लीमा कलमती अरूको घरमा काम गरेर पतिको उपचार खर्च जुटाउन र परिवार पाल्न सक्रिय थिइन् । लकडाउन भएपछि भारतको रोजगारी गयो, सपरिवार गाउँ आए, पतिले ज्यान गुमाए । कलमतीको जीवनमा अन्धकार छायो ।

कलमतीको गाउँमा घरजग्गा छैन । पतिको मृत्यु कर्म गर्न खर्च समेत नभएकी कलमतीसँग कात्रो किन्ने रकम समेत थिएन । खर्च अभावले उनले पतिको १३ दिने काजकिरिया समेत गर्न सकिनन् । पतिलाई उनी आफैंले बोकेर क्वारेन्टाइन नजिकै गाडेकी थिइन् । पतिको लास बेर्ने सेतो कपडा मात्र होइन धूप किन्ने पैसा समेत नभएकी कलमतीले रुँदै भनिन्, 'मसँग मेरो बूढा मर्दा सेतो लुगा किन्ने पैसा पनि भएन, खर्च अभावले काजकिरिया गर्न पनि सकिनँ।'

पतिको मृत्युपछि पनि २५ दिनसम्म कलमती छोराछोरी सहित क्वारेन्टाइनमा बसिन् । क्वारेन्टाइनमा खाने व्यवस्था नगरपालिकाले गरेको थियो । क्वारेन्टाइनबाट घर फर्केपछि कलमतीको विजोग शुरू भयो । उनको पुरानो घर भत्किसकेको छ, अरूको घरमा बसिरहेकी कलमतीलाई गाउँलेहरूले खाद्यान्न सहयोग गरेर बिहान–बेलुका खाने व्यवस्था गरेका छन् । उनी भन्छिन्, 'श्रीमान् बितिहाले, अब यी चार छोराछोरी कसरी पाल्ने ?' क्वारेन्टाइनबाट फर्केपछि बडिमालिका नगरपालिका वडा नम्बर २ को कार्यालयले कलमतीलाई राहतका नाममा ३० केजी चामल दिएको थियो । वडाध्यक्ष डम्मर महत भन्छन्, 'गरीबीमा गुज्रिएको परिवार भएकोले कलमतीलाई अहिले खान लाउनकै समस्या छ, वडाको सहयोगले कति दिन पुग्छ र ?'

कोरोनाका कारणले भारतमा रोजगारी गुमेर बाजुरा फर्किएका विपन्न नागरिकले झेलेका यी केही प्रतिनिधि दृष्टान्त हुन् । यस्तो संकट झेल्ने अरूहरू पनि छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांक अनुसार भारतमा रोजगारी गुमाएर बिचल्लीमा परेकामध्ये लकडाउनको अवधिमा मात्रै ८ हजार ३८१ जना नेपाली बाजुरा आएका छन् । उनीहरूमध्ये सबैलाई क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो ।

बूढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मी भन्छिन्, 'भारतबाट आएकाहरूले राहत वा अन्य विशेष सहयोग पाएका छैनन् । शुरूमा भारतबाट आउँदा चाहिं दलित समुदायलाई यातायात खर्च भनेर केही रकम छुट्याएका थियौं । अरूलाई त्यस्तो केही थिएन ।'

नगरपालिकाले वितरण गरेको राहतबाट अधिकांश क्वारेन्टाइनमा बस्नेहरू वञ्चित भए । क्वारेन्टाइनबाट घर फर्किंदा नगरको राहत वितरण सकिएको थियो । त्रिवेणी नगरपालिका कार्यपालिका सदस्य हरि नेपाली भन्छन्, 'नगरपालिकाको राहत वितरण सकिएपछि भारतबाट धेरै मानिस आए । भारतमा रोजगारी गुमाएर सपरिवार नेपाल आउने गरीब श्रमिकहरूले अहिले चरम खाद्य संकट भोगिरहेका छन् ।'

बाजुरामा बूढीगंगा नगरपालिका बाहेक ८ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट ल्याइसकेका छन् । तर, सबैको बजेटमा भारतबाट रोजगारी गुमाएर फर्केका नेपालीको संकट समाधान गर्ने कार्यक्रम परेको छैन । बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल भन्छन्, 'अहिले बाजुराको ठूलो विपत्ति भनेको बाढीपहिरो नै भएकोले अरू समस्यामा ध्यान दिन सकिएको छैन ।'

खोज पत्रकारिता केन्द्र

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्