काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर गलत सूचना सम्प्रेषण भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।
फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको उल्लेख गरेका छन्। 'मेराे फेक अकाउन्ट खाेली विभिन्न समाचारहरु सम्प्रेषण भएकाले मेराे याेबाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएकाे जानकारी गराउदछु,' उनलेे लेखेका छन्।

मंगलबारको मन्त्रिपरिषद बैठकले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त गरेको हल्ला सामाजिक सञ्जालमा चलेको थियो। केही व्यक्तिले घिसिङकै नाममा सामाजिक सञ्जाल चलाउँदै विभिन्न स्टाटस तथा ट्विट लेखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।