काठमाडौं- यही वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीनवटा विषयमा एमडी अध्यापन गराउने अनुमति पाएको छ। प्रतिष्ठानले जेनेरल प्राक्टिस एन्ड इमर्जेनसी मेडिसिन (एमडिजिपी)‚ एनेस्थेसियोलोजी र पेडियाट्रिक विषयमा एमडी अध्यापन गराउन पाउने भएको हो।
यो वर्ष तीनवटा विषयमा एमडी गराउने अनुमति पाएको र अर्को वर्ष ७-८ वटा विषयमा अध्यापन सुरू गर्ने अस्पतालका निर्देशक डा मंगल रावलले बताए।
उनले भने‚ ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही वर्षबाट एमडी लेबलको ३ वटा विषय (एमडिजिपी, एनेस्थेसियोलोजी, पेडियाट्रिक) मा अध्यापन गराउने अनुमति पाएको छ’ डा रावलले भने‚ ‘अब अर्को वर्षदेखि कम्तिमा ७/८ ओटा विषयमा हामी अध्यापन सुरु गर्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।