काठमाडौं- रुकुम पूर्वमा प्रहरीले गोली प्रहार गरेर दुई लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। मुसिकोट नगरपालिका-४ मा प्रहरीले गोली प्रहार गरेर दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मुसिकोट नगरपालिका- ११ का २५ वर्षीय निर्मल पुन र सोही ठाउँका ३५ वर्षीया लक्ष्मी पुन छन्।
प्रहरी निरीक्षक दिनेश गुरुङको टोलीले पक्राउ गर्न खोज्दा फरार भएपछि गोली प्रहार गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
गोली लागेर निर्मल घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। उपचारका लागि निर्मललाई नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। अर्का लागुऔषध कारोबारी जयप्रकाश पुन भने फरार भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।