• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

बलात्कार आरोपीलाई सजाय सुनाउँदा जेलरलाई तनाव

64x64
नारायण अधिकारी मंगलबार, भदौ ९, २०७७  १९:२७
1140x725

काठमाडौं- ‘श्रीमानले बलात्कार आरोपीविरुद्ध आदेश दिनुभयो। तनाव मलाई भयो। कसरी मिलाउने हो श्रीमान्?,’ केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बास्कोटा काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईसँग भन्दै थिए।

एक बलात्कार आरोपीविरुद्ध सुनाइएको आदेशपछि जेलर बास्कोटा आफैं न्यायाधीश भट्टराईको इजलासमा पुगेर के गर्न सकिन्छ भनेर सल्लाह माग्दै थिए। न्यायाधीश भट्टराईसँग पनि जेलर बास्कोटालाई दिने जवाफ थिएन। त्यसपछि भट्टराईले बास्कोटालाई भने, ‘कानुनमै भएको व्यवस्था अनुसार आदेश दिएको हो। यसमा दाँयाबाँया गर्न मिल्दैन।’

‘अदालतको आदेश नमाने मानहानी होला। नमानौं कसरी व्यवस्थापन गरौं?’ संकटमोचनका लागि केही उपाय छ कि झैं गरी जेलर बास्कोटाले न्यायाधीशसँग प्रतिप्रश्न गरे।

बलात्कार आरोपीविरुद्ध आदेश दिँदा किन जेलर तनावमा परे? किन जेलर आफैं न्यायधीशको इजलाससम्म पुगेर के गर्न सकिन्छ भन्दै सल्लाह माग्ने अवस्थामा पुगे? यी प्रश्नको जवाफ थाहा पाउन एक महिनाअघि फर्कनु पर्छ।

गत साउन १ गते बिहान अन्दाजी ७ बजे बुढानीलकण्ठ नगरपालिका-४ पासीकोट दुप्पा बस्ने एक बालिका बिस्कुट किन्न भनेर नजिकैको पसल गइन्। तर निकैबेरसम्म पनि उनी घर फर्किनन्। बालिका घर नफर्किएपछि परिवारका सदस्यले बालिका खोज्न थाले।

‘खोज्दै जाँदा सोही ठाउँका ७७ वर्षीय वर्षीय बुद्धिनारायण डंगोलको कोठामा अर्धनग्न अवस्थामा हाम्री छोरी भेटिएकी थिइन्,’ पीडित बालिकाका अभिभावकले दिएको जाहेरीमा उल्लेख छ।

‘अर्धनग्न अवस्थामा छोरी खाटमा पल्टिएकी थिइन्। छोरीमाथि बुद्धिनारायणले हातपात गरिरहेका थिए,’ बालिकाका अभिभावले जिल्ला अदालत काठमाडौंमा भने, ‘पछि छोरीलाई घर ल्याएर सोधपुछ गर्दा बुद्धिनारायणले २० रुपैयाँ दिन्छु भनेर घर लगेको र योनी र मलद्वारमा घाचेको बताइन्।’ छोरीले उक्त कुरा बताएपछि स्वास्थ्य परीक्षण गराउन लाग्दा प्रतिवादी बुद्धिनारायण आफैंले प्रहरीलाई खबर गरेका थिए।

000

Ncell 2
Ncell 2
nimb
nimb

'जस्ताले छाएको माटोको कच्ची घर। मूलढोका खुला अवस्थामा रहेको। घरको भित्तामा टस्साएर राखिएको बिस्तरासहितको ४ खुट्टे खाट। खाटमा कपडाहरू छरपस्ट अवस्थामा रहेको। उक्त खाटमा ती बालिकालाई  बुद्धिनारायण डंगोलले नगद रु २० दिई ललाइफकाइ निजको इच्छाबिना जबरजस्ती करणी गरेको।'

प्रहरी उठाएको घटनास्थल मुचुल्कामा यी विषय उल्लेख गर्‍यो।

'मबाट बालिकाकी आमाले ८५० रुपैयाँ लगेकी थिइन्। सोही पैसा फिर्ता माग्दा यस्तो आरोप लगाएकी हुन्,’ बलात्कार आरोप लागेका डंगोलले बयानमा भनेका थिए।

त्यसपछि पीडित बालिकाका तर्फबाट उनका अभिभावकले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा बालिका बलात्कारको कसुरमा डंगोलविरुद्ध जाहेरी दिए। 
प्रहरीसँगको बयानमा ती बालिकाले भनिन्, ‘साउन १ गते बिहान अन्दाजी बिहान ७ बजे म पसलमा बिस्कुट किन्न जाँदै गर्दा बुद्धिनारायण डंगोलले २० रुपैयाँ दिन्छु भनी आफ्नो कोठामा लगे। मैले लगाएको तलको कपडा खोल्दिए। आफ्नो पनि तलको कपडा खोले। त्यसपछि मेरा विभिन्न संवेदनशील अंगमा छुने घोच्ने काम भयो।’

यता प्रतिवादी डंगोलले भने आफूमाथि निराधार आरोप लगाएको बयान दिए। ‘एउटै टोलमा बस्ने भएकोले ती बालिकालाई म चिन्दछु। आजभन्दा करिब ३ वर्ष पहिला ती बालिका मेरो कोठामा आएकी थिइन्। सोही विषयमा उनको परिवारसँग मेरो सामान्य विवाद भएको थियो। राम्रोसँग बोलचाल थिएन। यसै क्रममा साउन १ गते कुकुर लिएर ती बालिका हिँड्दै गरेको बेला कुकुरलाई बिस्कुट किन्न पैसा मागेकाले मैले २० रुपैयाँ दिएको थिएँ। त्यसपछि ती बालिका घर गएकी हुन्। बालिकालाई मैले जबरजस्ती करणी गरेको छैन। मबाट बालिकाकी आमाले ८५० रुपैयाँ लगेकी थिइन्। सोही पैसा फिर्ता माग्दा यस्तो आरोप लगाएकी हुन्,’ डंगोलले बयानमा भनेका थिए।

पछि परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा स्वास्थ्य परीक्षण गराउँदासमेत बलात्कार भएको पुष्टि भयो। ७७ वर्षीय वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएपछि पुर्पक्षका लागि कारागार पठाउने आदेश जिल्ला अदालत काठमाडौंका न्यायाधीश भट्टराईले सुनाए।

तर डंगोलका हकमा बलात्कारसँगै जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ पनि आकर्षित हुने देखियो।

ऐनको दफा १२ को उपदफा (१) को (ग) मा ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई कसुरको अवस्था हेरी पचहत्तर प्रतिशतसम्म कैद सजाय छुट दिन सकिने, अभियोग दाबी हेर्दा कसुर ठहर भएको खण्डमा अधिकतम २० वर्षसम्म कैद हुन सक्ने उल्लेख छ। उक्त ऐन अनुसार डंगोललाई १० वर्षभन्दा कम सजाय हुन्छ।

सोही ऐनको सोही दफाको उपदफा (२) बमोजिम अशक्त जेष्ठ नागरिक वा ७५ वर्ष उमेर पूरा गरेको व्यक्तिलाई अदालतले कसुरको गम्भीर्यता हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न सक्ने व्यवस्था उल्लेख गरेको छ। डंगोल पनि ७५ वर्ष नाघिसकेका व्यक्ति भएकाले उनलाई थुनामा नराखी हेरचाह केन्द्रमा राख्नुपर्ने आदेश न्यायाधीश भट्टराईको इजलासले गरेको थियो।

ज्येष्ठ नागरिक ऐन अनुसार डंगोललाई १० वर्षभन्दा कम सजाय हुन्छ भने उनलाई हेरचाहगृहमा राख्नुपर्ने हुन्छ।

केन्द्रीय कारागार सुन्धारा पुर्‍याइएका डंगोलविरुद्ध हेरचाह केन्द्रमा राख्नू भन्ने अदालतको आदेशपछि जेलर बास्कोटा आपतमा परेका थिए। त्यसपछि अदालतको आदेशअनुसार हेरचाहगृहमा राखौं हेरचाह गृह छैन। नराखौं अदालतको मानहानी हुने भन्दै जेलर बाँस्कोटा अदालत पुगेका थिए।

हेरचाह गृह नभएका कारण अहिलेसम्म डंगोललाई कारागारमै राखिएको जेलर बास्कोटाले नेपाल लाइभलाई बताए। 'कानून अनुसार हेरचाह गृहमै राख्नुपर्ने भन्ने छ। कानुन बनेको १४ वर्ष भइसक्दा समेत अपराध गरेका वृद्धवृद्धा राख्ने हेरचाह गृह नहुँदा समस्या छ,' जेलर बास्कोटाले भने। हेरचाह गृह नभएपछि पशुपति वृद्धाश्रममा नै राख्नका लागि समेत ठाउँ नभएको बास्कोटाको गुनासो छ।

‘कानुनमा व्यवस्था छ। तर अहिलेसम्म वृद्धवृद्धा राख्ने हेरचाह गृह छैन। एक हिसाबले भन्ने हो भने यो हेरचार गृह बनाउने अवसर पनि हो। कसरी हुन्छ छिट्टै व्यवस्थापन गर्ने तयारीमा हामी छौं,’ जेलर बास्कोटाले नेपाल लाइभसँग भने।

पशुपतिमा ठाउँ नभएपछि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग निजी क्षेत्रले सञ्चालनमा ल्याएका वृद्धाश्रमको तथ्यांक माग गरेर त्यहाँ राख्ने तयारी भइरहेको जेलर बास्कोटाले बताए। अहिले निषेधाज्ञाको समय भएकाले निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएका वृद्धाश्रमको छलफल गर्ने मौकासमेत नमिलेको उनको भनाइ छ।

वृद्धाश्रममै राख्दा अर्कोतर्फ सुरक्षाको प्रबन्ध भने कसरी मिलाउने भन्ने समस्याले समेत जेलर बाँस्कोटालाई पिरोलेको छ। 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्