काठमाडौं- अख्तियार दुपयोग अनुसन्धान आयोगले रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका दुई जना कार्यालय सहयोगीविरुद्ध चार लाख बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
घुससहित पक्राउ परेका कार्यालय सहयोगीहरु विश्वनाथप्रसाद लोध र महेन्द्रप्रसाद यादवविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको हो।
जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनमा घुस लेनदेन भएको प्रमाणसहित अख्तियारले उनीहरूलाई पक्राउ गरेको थियो यादवलाई घुस दिने मतियार भएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
पक्राउ परेका दुवैमाथि अनुसन्धान हुँदा घुस लिएको कसुर स्थापित भएको अख्तियारले जनाएको छ। यस्तै, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सव–इन्जिनियर कोशोरकुमार मोक्तानविरूद्ध १ लाख ५० हजार रुपैयाँ बिगो कायम दाबी गर्दै मुद्दा दायर भएको छ। निर्माणाधीन आयोजनाको बिल भुक्तानी गर्दा सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू रंगेहात पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।