सांकेतिक तस्बिर
गलकोट-अविरल वर्षाका कारण पहिराेले घर पुरिंँदा बागलुङ जिल्लाको ढोरपाटनमा एक युवतीको मृत्यु भएको छ।
ढोरपाटन नगरपालिका अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारकी १९ वर्षीया छोरी पूजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।
घरमा सुतिरहेका अवस्थामा घरमाथिबाट गएराति १ बजे खसेको पहिराेले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीले बताए। प्रकाश परियारका दुई घर रहेकामा एक घरमा परिवारका अन्य सदस्य सुतेको र पूजा अर्को घरमा सुतेकाे अवस्थामा पहिराले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको जनाइएकाे छ। पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।