काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न भन्दै जुन १५ मा खरिद गरेको भिटिएम किट गुणस्तरहीन भएको फेला परेको छ।
विभागले खरिदका गरेको भिटिएम (स्वाब राख्ने) किटमा लेदो फेला परेको हो। सोमबार कीर्तिपुरमा स्वाब संकलन गर्ने क्रममा भिटिएममा लेदो फेला परेको हो।
विभागले केही समय अगाडि जनमुक्ति हेल्थ इन्टरप्राइजेजमार्फत् १ लाख ७० हजार भिटिएम खरिद गरेको थियो। चिनियाँ कम्पनी जेनफाइन बायोटेकको उक्त किटमा लेदो फेला परेको हो।
जनमुक्ति हेल्थ इन्टरप्राइजेजसँग विभागका निर्देशक डाक्टर रमेश खरेल र तत्कालीन समयमा विभागका शाखा अधिकारी गगन विष्टको मिलोमताेमा चीनमा समेत प्रतिबन्ध रहेको जेनफाइन बायोटेकको भिटिएम खरिद गरिएकाे थियाे।
विभागले १ लाख ७० हजार भिटिएम खरिदमा प्रतिथान १ सय ६० रुपैयाँका दरले भिटिएम खरिद गरेको थियो।
भिटिएम खरिद प्रक्रिया सुरु भएसँगै नेपाललाइभले विभागले चीनमै प्रतिबन्धित भिटिएम खरिद गर्न लागेको भन्दै समाचार प्रकाशित गरेको थियो। तर विभागले आर्थिक चलखेल गर्दै जनमुक्ति इन्टरप्राइजेजसँग जेनफाइन बायोटेक कम्पनीको ३ एमएलको भिटिएम किट खरिद गरेको थियो। किट खरिदमा विभागले २ करोड ७२ लाख रुपैयाँ खर्च गरेको थियो।
सम्बन्धित समाचार
गुणस्तरहीन भिटिएम ल्याउने तयारी
चीनमा प्रतिबन्धित भिटिएम खरिद गर्दै स्वास्थ्य सेवा विभाग, मन्त्रालय मौन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।