काठमाडौं-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशैभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। तर, केही प्रदेशमा भने एक÷दुई स्थानमा मात्रै भारी वर्षा हुने अनुमान गरिएको छ।
मंगलबार दिउँसो र राति सामान्य बदली भई हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। तर, प्रदेश १, गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार दिउँसो देशभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बुधबार राति नै देशभर सामान्यतया बदली भई हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। तर, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बिहीबार दिउँसो देशभर सामान्यतया बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बिहीबार राति देशभर सामान्यतया बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।