काठमाडौं-व्यक्ति हत्यामा संलग्न रही फरार भएका धौलागिरी गाउँपालिका-३ दर बस्ने ४४ वर्षीय चन्द्रवल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
२०५७ कात्तिक २१ गते राति सोही ठाउँ बस्ने २२ वर्षीय गर्वे पाइजालाई घर्ती समेतले स्थानीय मकैबारीमा बन्चरो प्रहार गरी हत्या गरेका थिए। उक्त घटनामा जिल्ला अदालत म्याग्दीबाट २० वर्ष कैद सजाय भई फरार रहेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
घर्तीलाई जिल्ला अदालत म्याग्दीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार म्याग्दीमा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
फरार पक्राउ अभियानअन्तर्गत पछिल्लो २ महिनामा कर्तव्य ज्यान, डाँका चोरी, लागूऔषध लगायतका मुद्दाका १३ जना फरार कसुरदारलाई पक्राउ गरिएको म्याग्दी प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।