काठमाडौं- प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा अर्घाखाँची भुमिकास्थान गाउँपालिका-८ घर भई हाल नयाँ बानेश्वर बस्ने १९ वर्षीय रमेश कुमार बिकलागायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गोकर्णेश्वर नगरपालिका-८ नारायणटार पुलमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी बा ४८ प ५६५४ र प्रदेश नम्बर-३-०२-०१५ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले प्रहरीमाथि नै हातपात र ढुङ्गा प्रहार गरी लखेटी रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका ४ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ।
त्यस्तै सोलुखुम्बुमा प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-६ बस्ने २५ वर्षीय विजय मगरलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
दुधकुण्ड नगरपालिका–११ रमिते बजारस्थित अस्थायी प्रहरी पोष्ट रमितेबाट खटिएको प्रहरीलाई रमिते बजारको होटलमा मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेका उनीहरूलाई प्रहरीले सम्झाउन खोज्दा युनिर्फम् तानी सिठी कर्डसमेत चुडाई लडाई लात्ती, रक्सीको बोतल र क्यान बियरले प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।